sunchadikakura.com

सुनचाँदी कुरा

सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु आज पनि आन्दोलनमा उत्रिएका छन् ।

बिहीवार काठमाडौंको माईतीघरमा व्यवसायीहरुले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । 

उनीहरुले ‘२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो, सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर’ लगायतका माग लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *